आइतबार, असोज ६ गते २०८१    
images
images

पछिल्लो एक साताको पोखरा उडानमा कुन एयरलाइन्सको बजार हिस्सा कति?

images
सोमबार, भदौ २४ २०८१
images
images
पछिल्लो एक साताको पोखरा उडानमा कुन एयरलाइन्सको बजार हिस्सा कति?

८० सिट क्षमताको श्री एयरले कुल सिटको २९ प्रतिशतमात्रै यात्रु पाएको छ।

images
images

काठमाडौं- आन्तरिक उडान सेवा दिँदै आएका तीनवटा एयरलाइन्सले पोखरा उडान गर्दै आएका छन्।

images
images
images

पछिल्लो समय श्रीले ८० सीट क्षमताको क्यू ४०० ड्यास जहाजबाट पोखरा उडान थालको छ। तर पनि पोखरा उडानमा श्रीले यात्रु पाउन सकेको छैन। दैनिक तीनवटा उडान गर्ने भन्दै प्रचार गरेपनि दैनिक एउटामात्रै उडान गरिरहेको छ।

यसैगरी यती एयरलाइन्सको यात्रु अकुपेन्सी भने सरदर नै छ। बुद्ध एयरको अकुपेन्सी भने ८५ प्रतिशतको सरदरमा छ।

सेप्टेम्बर २ देखि ७ तारिखसम्मको बिजनेस न्युजले प्राप्त गरेको एयरलाइन्सको अकुपेन्सी हेर्ने हो भने श्री एयरले उडान नै बन्द गर्नुपर्ने अवस्था देखिएको छ। ८० सिट क्षमताको श्री एयरले कुल सिटको २९ प्रतिशतमात्रै यात्रु पाएको छ।

images

जुन अकुपेन्सीबाट उडान गर्नु एयरलाइन्सलाई आर्थिक रुपमा ८० प्रतिशतसम्म घाटा हो। यात्रु नै नपाएपछि श्री एयरले यात्रु तान्न एक टिकट किन्दा अर्को फ्रिको अफर ल्याएको छ। जुन अफरले यात्रुलाई त फाइदा होला तर यसले समग्र एयसलाइन्सको बिजनेसमा अस्वस्थ बजार प्रतिस्पर्धासमेत ल्याउन सक्ने वायुसेवा सञ्चालक संघका एक सदस्यले बताए।

पछिल्लो समय सौर्यको जहाज दुर्घटना र यती एयरको २०७९ माघमा पोखरा उडानको क्रममा जहाज दुर्घटना हुँदा ककपिटमा पाइलटहरूले गरेको संवाद बाहिरिएपछि पोखरा सेक्टकको यात्रु घटेको थियो।

त्यसपछि श्री एयरको जहाजमा बारम्बार प्राविधिक समस्या आएको समाचारहरू आइरहेका कारण श्रीले यात्रु नै पाउन नसक्दा यात्रुलाई उत्प्रेरित गर्न अफर योजना ल्याएको हुनसक्ने एक वायुसेवा सञ्चालकले बताए। तर श्रीले अफर तन्काउँदै जाने हो भने यसले अस्वस्थ प्रतिस्पर्धासमेत ल्याउनसक्ने ती सदस्यको भनाइ छ।

air data.jpg

श्रीको सेप्टमेबर २ देखि ७ तारिखसम्मको अकुपेन्सी हेर्ने हो भने सदरदरमा ३० प्रतिशतको हाराहारीमा मात्रै छ। श्रीको सेप्टेम्बर २ को अकुपेन्सी ३६ प्रतिशतमात्रै थियो। यसैगरी ३ सेप्टेम्बरमा २२, ४ सेप्टेम्बरमा ३६, पाँच सेप्टम्बर ५ मा २१, सेप्टेम्बर ६ मा ३१ र सेप्टेम्बर ७ मा ३१ प्रतिशत मात्रै अकुपेन्सी रहेको छ।

सोही अवधिका यतीको अकुपेन्सी भने ५९ प्रतिशतको हाराहारीमा रहेको छ। यतीको सेप्टेम्बर १ को अकुपेन्सी ७२, २ सेप्टेम्बरको ६०, ३ सेप्टेम्बरको ६७, ४ सेप्टेम्बरको ५८, ५ सेप्टेम्बरको ५४, ६ सेप्टेम्बरको ५७ र ७ सेप्टेम्बरको अकुपेन्सी ४२ प्रतिशत रहेको छ।

यसैगरी बुद्ध एयरको अकुपेन्सी सबैभन्दा बढी छ। ८५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ। बुद्धको अकुपेन्सी सेप्टम्बर १ देखि एक सातासम्म क्रमश: ८२, ९८, ८४, ८९, ७८, ८७, र ७० प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend