आइतबार, असोज ६ गते २०८१    
images
images

सांग्रिला मोटर्सले सिट्रोन सीथ्री र ईसीथ्रीमा ल्यायो 'फेस्टिभ अफर'

images
सोमबार, भदौ २४ २०८१
images
images
सांग्रिला मोटर्सले सिट्रोन सीथ्री र ईसीथ्रीमा ल्यायो 'फेस्टिभ अफर'

प्रि-बजेट मूल्य ३५.९९ लाखमा उपलब्ध सिट्रोन ईसीथ्री साइनले उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

images
images

काठमाडौं- नेपालमा सिट्रोन ब्रान्डको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सीथ्री (आईसीई इन्जिन) र सिट्रोन ईसीथ्री दुवैमा 'फेस्टिभ अफर' ल्याएको छ।

images
images
images

चाडपर्वहरु नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकहरूलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्राप्त गराउने उ‌द्देश्य राखेको फेस्टिभ अफर ल्याइएको जनाएको छ।

अफरअन्तर्गत सिट्रोन सीथ्रीमा ग्राहकले चार वर्षका लागि निःशुल्क इन्धन र मर्मतसम्भार, एक वर्षका लागि नि:शुल्क व्यापक बीमा र नि:शुल्क सडक करको सुविधा प्राप्त गर्न सक्नेछन्। मात्र ७.४ लाख डाउन पेमेन्टमा सिट्रोनको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।

यस्तै इको-फ्रेण्डली सिट्रोन ईसीथ्री साइन रोज्ने ग्राहकले विशेष चाडपर्व छुट, नि:शुल्क व्यापक बीमा र एक वर्षका लागि नि:शुल्क सडक करको सुविधा प्राप्त गर्न सक्नेछन्। 

images

प्रि-बजेट मूल्य ३५.९९ लाखमा उपलब्ध सिट्रोन ईसीथ्री साइनले उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend