आइतबार, असोज ६ गते २०८१    
images
images

ह्वील स्टेरिङ लक भएपछि सुर्खेत उडेको श्री एयरको विमान ‘डाइभर्ट’

images
सोमबार, भदौ २४ २०८१
images
images
ह्वील स्टेरिङ लक भएपछि सुर्खेत उडेको श्री एयरको विमान ‘डाइभर्ट’
फाइल तस्बिर

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभइ ‘डाइभर्ट’ भएको हो।

images
images

काठमाडौं- काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

images
images
images

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभइ ‘डाइभर्ट’ भएको हो।

'काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो', उनले भने, 'ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो। अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ।'

images

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्‍याइएको जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ २४ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend