आइतबार, जेठ १८ गते २०८२    
आइतबार, जेठ १८ २०८२
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
सोमबार, भदौ २४ २०८१
images
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार सामान्य बढेको छ।

images
images
images

आइतबार तोलामा एक हजार दुईसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको हो।

images
images

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँ तोकिएको छ। 

images
images
images

आइतबार सुन प्रतितोला एक लाख ५२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

यो साता आइतबार तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला एक हजार ७ सय ५५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend