शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सोमबार, भदौ २४ २०८१
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार सामान्य बढेको छ।

आइतबार तोलामा एक हजार दुईसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले वृद्धि भएको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँ तोकिएको छ। 

आइतबार सुन प्रतितोला एक लाख ५२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

यो साता आइतबार तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला एक हजार ७ सय ५५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, भदौ २४ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend