शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

आइतबार, भदौ २३ २०८१
सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५ सय रूपैयाँको छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : आइतबार, भदौ २३ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend