शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

आइतबार, भदौ २३ २०८१
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ।

काठमाडौं- महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ।

पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन: प्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको शौक्षिक विकास गर्ने मूल उद्देश्यका साथ सहकार्य भएको हो। 

सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ। यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन: प्रशोधनको लागि दिइने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिने बैंकले जनाएको छ।

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको 'बालबालिकालाई शिक्षित गरौँ' भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन्। 

महालक्ष्मी बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, भदौ २३ २०८११४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend