शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, भदौ २३ २०८१
प्रतितोला एक हजार दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला एक हजार दुईसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ४५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

गएको शुक्रबार एक हजार तीनसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य यो साता आइतबार प्रतितोला एक हजार दुईसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार एकसय रूपैयाँ कायम भएको छ।

शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो।

गएको शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले घटेको छ। 

आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, भदौ २३ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend