बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

द्रुत मार्गमा सक्रिय भू-माफिया : किर्ते ढड्‌डा खडा गरी १९ जनाको नाममा वनको १ सय ११ बिगाहा जग्गा

सरकारी छाप र कागजातसमेत किर्ते, मालपोतबाट गायब बनाइयो रेकर्ड

images
आइतबार, भदौ २३ २०८१
images
images
द्रुत मार्गमा सक्रिय भू-माफिया : किर्ते ढड्‌डा खडा गरी १९ जनाको नाममा वनको १ सय ११ बिगाहा जग्गा

अनुसन्धान प्रक्रिया टुंग्याएर उक्त जग्गामा वन क्षेत्र नै रहेको निर्क्यौल निकालिएकोले आफ्नो जग्गा दाबी गर्ने भू-माफियाविरुद्ध किर्ते मुद्दा दायर गरी आवश्यक कानूनी कारबाही सुरु गरिएको छ।

images
images

बारा- भू-माफियाले हुँदै नभएको वडाक्षेत्र खडा गरी किर्ते ढड्‌डा र नक्सा बनाएर व्यक्तिको नाममा वनको जग्गा कित्ताकाट गरेको देखिएको छ। कोल्हवी नगरपालिका वडा नं. २ झुरझुर पूर्वपट्टीको राष्ट्रिय वन क्षेत्रको जग्गा हडप्नका लागि भू-माफियाले फर्जी कागजात तयार गरी व्यक्तिको नाममा गराएको देखिएको हो। 

images
images
images

किर्ते ढड्‌डाबाट १९ वटा नयाँ कित्ता खडा गरी १९ जनाको नाममा वनको १ सय ११ बिगाहा ७ धुर जग्गा कागजमै बाँडफाँट गरिएको अनुसन्धानबाट खुलेको छ।

हाल वन यथावत् रहेको उक्त जग्गाबाट मकरबहादुर काफ्लेको नाममा कायम गरिएको कित्ता नं. १४ मा सबभन्दा बढी ३४ बिगाहा १० कट्ठा १९ धुर जग्गा कित्ताकाट गरिएको छ।

images

त्यसैगरी महेसी राय थारुको नाममा १ नं. कित्ता कायम गरी २० बिगाहा १९ कट्ठा १४ धुर र कित्ता नं. ९ कायम गरी २ बिगाहा १७ धुर, रामानारायण थारुको नाममा ८ नं. कित्ता कायम गरी १५ बिगाहा ८ कट्ठा ६ धुर र लिलादेवी बुढाथोकीको नाममा १० नं. कित्ता कायम गरी १० बिगाहा ११ कट्ठा १८ धुर जग्गा कायम गरेको अनुसन्धानबाट खुलेको पथलैया सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अनुसन्धान अधिकृत ललन राउत कुर्मीले जानकारी दिएका छन्।

images

अनुसन्धान अधिकृत कुर्मीका अनुसार भू-माफियाहरूले खडा गरेको किर्ते कित्ता नं. २ को ३ बिगाहा १२ कट्ठा र कित्ता नं. ७ को ७ बिगाहा १६ कट्ठा ११ धुर जग्गा अम्मरबहादुर कार्की, कित्ता नं. ३ को ४ कट्ठा, कित्ता नं. ४ को ४ धुर जग्गा नाम नखुलेको दुईजना व्यक्तिको नाममा कायम गरिएको छ।

यसैगरी कित्ता नं. ५ को ५ कट्ठा ३ धुर, कित्ता नं. ६ को एक बिगाहा १५ कट्ठा ८ धुर, कित्ता नं. ११ को ७ बिगाहा १० कट्ठा ५ धुर, कित्ता नं. १२ को एक बिगाहा ६ कट्ठा १५ धुर र कित्ता नं. १३ को एक बिगाहा २ कट्ठा ११ धुर र कित्ता नं. १६ को ८ कट्ठा १७ धुर जग्गा कमलबहादुर भण्डारीको नाममा कायम गरिएको देखिन्छ।

bhumi sudhar tatha malpot - bara kalaiya.jpg

त्यसैगरी कित्ता नं. १५ को ७ धुर, कित्ता नं. १७ को ४ कट्ठा १६ धुर, कित्ता नं. १८ को ७ कट्ठा १८ धुर र कित्ता नं. १९ को एक बिगाहा १८ कट्ठा जग्गा नाम नखुलेको व्यक्तिको नाममा कायम गरिएको किर्ते अभिलेखबाट खुलेको अनुसन्धान अधिकृत कुर्मीले जानकारी दिए।

सरकारी छाप र कागजातसमेत किर्ते गरी भू-माफिया गिरोहका ६ जनाले नै मिलेर पूरै जग्गा आफ्नो नाममा कित्ताकाट गरेको देखिएको कुर्मीले बताए। 

उनीहरूमध्ये दोलखा जिल्ला साविक फस्कु गाविस वडा नं. ५ बस्ने लिलादेवी बुढाथोकीले सपही गाविस वडा नं. १ हाल कोल्हवी नगरपालिका-२ वसन्तचौरीस्थित तामागढी साझेदारी वनको कित्ता नं. १० देखि १६ सम्मको ११ दशमलव ७७ हेक्टर आफ्नो जग्गामा सेनाले वृक्षारोपण गरेको र त्यसको क्षतिपूर्ति भराउन माग गर्दै जंगी अड्‌डालाई निवेदन लेखेपछि उक्त जग्गाबारे अनुसन्धान सुरु गरिएको हो।

अनुसन्धानको क्रममा वडा नं. २ को कार्यालय, कोल्हवी नगरपालिकाको कार्यालय, नापी कार्यालय र मालपोत कार्यालयसँग उक्त जग्गाको कागजपत्र माग्दा ती सबै कार्यालयले यो कित्ता नै हालसम्म कायम नभएको र यसको कुनै अभिलेख कार्यालयमा नरहेको लिखित जवाफ वन कार्यालयलाई पठाएपछि भू-माफियाले गरेको किर्ते कागजको पोल खुलेको हो।

डिभिजनल वन कार्यालय बाराले उक्त राष्ट्रिय वनलाई संरक्षण तथा व्यवस्थापनको लागि तामागढी साझेदारी वन व्यवस्थापनलाई २०६४ सालमा हस्तान्तरण गरेको थियो। तर भू-माफियाले राष्ट्रिय वन क्षेत्रको करोडौँ मूल्यबराबरको उक्त जग्गा हात पार्न २००७ साल, २०१४ साल, २०१७ साल र २०२८ साललगायतका मितिमा पुरानो कागजपत्र केरमेट गरी किर्ते ढड्‌डा र नक्सा खडा गरेको अनुसन्धानबाट देखिएको छ।

करोडौँ मूल्यबराबरको १ सय ११ बिगाहा (७५ दशमलव ५३ हेक्टर) जग्गा फर्जी कागजात तयार गरी व्यक्तिको नाममा कायम गराउने भू-माफिया गिरोहको खोजतलास सुरु गरिएको जिल्ला वन कार्यालय बाराले जनाएको छ।

‘भू-माफियाले तयार गरेको किर्ते कागजातको सबै प्रमाण सम्बन्धित कार्यालयबाट बेपत्ता पारिएको छ,’ अनुसन्धान अधिकृत कुर्मीले भने, ‘यसमा अन्य सरकारी कर्मचारीको समेत संलग्नता हुनसक्छ।’

अहिले पनि वन नै रहेको राष्ट्रिय वन क्षेत्रलाई कसरी उनीहरूले व्यक्तिको भन्दै कागजपत्र बनाएको भन्दै उनले आश्चर्य व्यक्त गरे। भू-माफियाले सपही पञ्चायत वडा नं. १ (घ) को नामबाट नापी कार्यालय बाराबाट २०७१ असोज ८ गते रेकर्ड खडा गरेको देखिएको उनले बताए।

naapi - bara kalaiya.jpg

काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत कटान गरिएको रुखको क्षतिपूर्तिबापत नेपाली सेनाको सडक निर्माण कार्यदलले कोल्हवी नगरपालिका वडा नं. २ झुरझुर पूर्वपट्टीको राष्ट्रिय वन क्षेत्रको उक्त खाली जग्गामा वृक्षारोपण गरेको थियो।

वृक्षारोपण गरिएको बिरुवा हुर्किसकेको अवस्थामा साविक सपही गाविस वडा नं. १ हाल कोल्हवी नगरपालिका २ मा पर्ने उक्त वन क्षेत्रलाई फर्जी कित्ता नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ खडा गरी व्यक्तिको नाममा लगेर नेपाली सेना र डिभिजनल वन कार्यालयलाई नै झुक्याउने काम भू-माफियाले गरेका थिए।

व्यक्तिको नाममा लालपुर्जा रहेको भनिएको सम्पूर्ण जग्गा राष्ट्रिय वन क्षेत्र रहेको र भू-माफियाले फर्जी कागजात तयारी गरी उक्त वन क्षेत्रलाई आफ्नो दाबी गर्दै नेपाली सेनाको जंगी अड्‌डालाई निवेदन लेखेपछि वन क्षेत्रको जग्गा भू-माफियाले व्यक्तिको नाममा गराएको रहस्य खुलेको थियो।

अनुसन्धान प्रक्रिया टुंग्याएको र उक्त जग्गामा वन क्षेत्र नै रहेको निर्क्यौल निकाली सकिएकोले आफ्नो जग्गा दाबी गर्ने भू-माफियाविरुद्ध किर्ते मुद्दा दायर गरी आवश्यक कानूनी कारबाही सुरु गरिएको डिभिजनल वन कार्यालय बाराले जनाएको छ।

यसरी नै अन्य स्थानको वन क्षेत्र फर्जी कागज तयार गरेर भू-माफियाले आफ्नो नाममा गराएको हुनसक्ने भएकाले यस सम्बन्धमा यथार्थ सूचना वन कार्यालयलाई उपलब्ध गराइ वन क्षेत्र संरक्षणमा सहयोग पुर्‍याउन सरोकारवाला सबैसँग वन कार्यालयले आग्रहसमेत गरेको छ।

द्रुत मार्गमा सक्रिय भए भू-माफिया : करोडौँ मूल्यको १ सय ११ बिगाहा वन व्यक्तिको नाममा द्रुत मार्गमा सक्रिय भए भू-माफिया : करोडौँ मूल्यको १ सय ११ बिगाहा वन व्यक्तिको नाममा


प्रकाशित : आइतबार, भदौ २३ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend