शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा पाँच फाइदा एकसाथ

बिहीबार , भदौ २० २०८१
ग्लोबल आईएमई बैंकमा खाता खोल्दा पाँच फाइदा एकसाथ

बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने बैंकले जनाएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ खाता खोल्दा नियमित सुविधासहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो सेयर, सी-आस्वा, तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइने बैंकले जनाएको छ।

ग्लोबल आईएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो सेयर, आईपीओ भर्न चाहिने सी-आस्वा रजिष्ट्रेसन नम्बर र जेबीएनएल सेक्युरिटिजमा सेयर बजारमा सेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउने छन्।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

यी सेवाहरु बैंकको ३ सय ५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ।

बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने बैंकले जनाएको छ।

७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ २० २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend