शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य लगातार स्थिर, चाँदीको सामान्य वृद्धि

बिहीबार , भदौ २० २०८१
सुनको मूल्य लगातार स्थिर, चाँदीको सामान्य वृद्धि

सुनको मूल्य लगातार तेस्रो दिन स्थिर रहँदा चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा यो साता लगातार तेस्रो दिन पनि स्थिर रहेको छ।

आइतबार र सोमबार सामान्य घटेको सुनको मूल्य मंगलबारयता स्थिर रहेको हो। यो साता मंगलबार र बुधबार प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यो साता आइतबार सुनको मूल्य प्रतितोला ६ सय र सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो।

बुधबार ओरालो लागेको चाँदीको मूल्य भने बिहीबार सामान्य बढेको छ। आइतबार र सोमबार सामान्य घटेर मंगलबार स्थिर रही बुधबार प्रतितोला २० रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको हो।

बिहीबार चाँदी प्रतितोला एक हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ २० २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend