शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंकको तीजलक्षित क्यासब्याक अफर

बिहीबार , भदौ २० २०८१
कुमारी बैंकको तीजलक्षित क्यासब्याक अफर

आजदेखि सुरु भएको यो योजना भदौ २६ गतेसम्म लागु हुने बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ।

बैंकले आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला खातावालालाई लक्षित गरी क्यासब्याक योजना ल्याएको हो।

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप एकसय रूपैयाँ क्यासब्याक प्राप्त हुनेछ।

बैंकका अनुसार प्रत्येक दिन २५ सेवाग्राहीले एकसय रूपैयाँको क्यासब्याक प्राप्त गर्नेछन्।

आजदेखि सुरु भएको यो योजना भदौ २६ गतेसम्म लागु हुने बैंकले जनाएको छ।

यस योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकको छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend