शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुमारी बैंकका ग्राहकलाई काठमाडौं नेत्रालयमा १० प्रतिशतसम्म छुट

बुधबार, भदौ १९ २०८१
कुमारी बैंकका ग्राहकलाई काठमाडौं नेत्रालयमा १० प्रतिशतसम्म छुट

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नसक्ने बैंकको विश्वास छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार काठमाडौं नेत्रालयबाट कुमारी बैंकका ग्राहकले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नसक्ने बैंकको विश्वास छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १९ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend