आइतबार, असोज ६ गते २०८१    
images
images

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिंगर भेटियो

images
बुधबार, भदौ १९ २०८१
images
images
जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिंगर भेटियो

तनहुँ जलविद्युत् आयोजनाको आयोजनाको चरण-१ अन्तर्गत एकसय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिंगर भेटिएको हो।

images
images

तनहुँ- जिल्लाको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिंगर भेटिएको छ।

images
images
images

आयोजनाको चरण-१ अन्तर्गत एकसय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिंगर भेटिएको हो। 

उक्त अजिंगरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

उद्धार गरिएको अजिंगरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उनले बताए।

images

दुई दिनअघि पनि व्यास नगरपालिका-२ अमरापुरीस्थित एउटा रूखमा अजिंगर भेटिएको थियो। उक्त अजिंगरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend