शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल र युरोपमा लिपमोटरको एकसाथ ढुवानी, बिक्रीवितरण चाँडै थाल्ने तयारी

बुधबार, भदौ १९ २०८१
नेपाल र युरोपमा लिपमोटरको एकसाथ ढुवानी, बिक्रीवितरण चाँडै थाल्ने तयारी

नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नेपालमा पनि यसको डेलिभरी चाँडै सुरु गर्ने जनाएको छ।

काठमाडौं- लिपमोटरले आफ्नो लक्जरी विद्युतीय एसयूभी सी१० नेपाल र युरोपमा एकैसाथ ढुवानी सुरु गरेको छ।

नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नेपालमा पनि यसको डेलिभरी चाँडै सुरु गर्ने जनाएको छ। 

कम्पनीका अनुसार लिपमोटर सी१० एक लक्जरी विद्युतीय एसयूभी हो र यसमा ६९.९ किलोवाट आवर एलएफपी ब्याट्री रहेको छ भने १६० किलोवाट पावर र ३२० एनएम टोर्क रहेको छ।

गाडीको ४२० किलोमिटर (डब्लूएलटीपी) को दायरा र १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसकारण यो नेपालका विविध भू-भागहरूका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

सी१० ले सबै यात्रुहरूका लागि शीर्षस्तरको सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार एनक्याप सुरक्षा मूल्यांकन प्राप्त गरेको छ।

काठमाडौं, बिर्तामोड, वीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित नेपालका प्रमुख सहरहरूमा लिपमोटर सी१० वितरण गर्न सांग्रिला मोटर्सले तयारी गरिरहेको जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १९ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend