शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य आज पनि स्थिर, चाँदीको सामान्य घट्यो

बुधबार, भदौ १९ २०८१
सुनको मूल्य आज पनि स्थिर, चाँदीको सामान्य घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा बुधबार पनि स्थिर रहेको छ। यो साता आइतबार र सोमबार लगातार घटेको सुनको मूल्यमा मंगलबार र बुधबार घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रूपैयाँ तोकिएको छ। यो साता सोमबार र मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

यो साता आइतबार सुनको मूल्य प्रतितोला ६ सय र सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो।

आइतबार र सोमबार सामान्य घटेर मंगलबार स्थिर रहेको चाँदीको मूल्य भने बुधबार पुन: ओरालो लागेको छ। 

बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार प्रतितोला २५ रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला २० रूपैयाँले घटेको थियो।

मंगलबार चाँदी प्रतितोला एक हजार ७ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, भदौ १९ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend