शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

सुनको मूल्य आज पनि स्थिर, चाँदीको सामान्य घट्यो

images
बुधबार, भदौ १९ २०८१
images
images
सुनको मूल्य आज पनि स्थिर, चाँदीको सामान्य घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा बुधबार पनि स्थिर रहेको छ। यो साता आइतबार र सोमबार लगातार घटेको सुनको मूल्यमा मंगलबार र बुधबार घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रूपैयाँ तोकिएको छ। यो साता सोमबार र मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

images
images

यो साता आइतबार सुनको मूल्य प्रतितोला ६ सय र सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो।

images
images
images

आइतबार र सोमबार सामान्य घटेर मंगलबार स्थिर रहेको चाँदीको मूल्य भने बुधबार पुन: ओरालो लागेको छ। 

बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार प्रतितोला २५ रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला २० रूपैयाँले घटेको थियो।

मंगलबार चाँदी प्रतितोला एक हजार ७ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, भदौ १९ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend