शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महालक्ष्मी विकास बैंकद्वारा एनएफआरएस ९-ईसीएल कार्यान्वयन गर्न समझदारी

मंगलबार, भदौ १८ २०८१
महालक्ष्मी विकास बैंकद्वारा एनएफआरएस ९-ईसीएल कार्यान्वयन गर्न समझदारी

बैंकले हाल देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुरुप एनएफआरएस ०९:ईसीएल (एक्सपेक्टेड क्रेडिट लस) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास बैंकको छ।

साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पूरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन/अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई  अझ सुदृढ बनाउन मद्दत पुग्ने बैंकले जनाएको छ।

बैंकले हाल देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ १८ २०८११६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend