बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

एनआईसी एसिया बैंक पीसीआई-डीएसएस ४.० भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत हुने

images
सोमबार, भदौ १७ २०८१
images
images
एनआईसी एसिया बैंक पीसीआई-डीएसएस ४.० भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत हुने

एनआईसी एसिया बैंक पीसीआई-डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएसँगै सुरक्षा थप मजबुत भएको बैंकले जनाएको छ।

images
images

काठमाडौं- एनआईसी एसिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुने भएको छ।

images
images

एनआईसी एसिया बैंक पीसीआई-डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएसँगै सुरक्षा थप मजबुत भएको बैंकले जनाएको छ।

images
images

बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई-डीएसएस भी३.२.१ भर्सनबाट पीसीआई-डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएको हो। यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको हो।

images
images

बैंकले सन् २०२३ देखि नै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा सञ्चालन गर्दै आएको छ। बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भिजा र मास्टरकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ।  अन्य विदेशी भुक्तानीको लागि बैंकले अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ।

त्यसैगरी एटीएम, पीओएस तथा इकमर्सजस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भिजा, मास्टरकार्ड, चाइना युनियन पे प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्णसुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागतरुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको जनाएको छ।

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले पानासिया इन्फोसेक प्राइभेट लिमिटेडलाई नियुक्त गरेको थियो। अहिले आफ्नै ईएफटी स्वीचकोको सुरुवात गरेसँगै बैंकले पीसीआई-डीएसएस भी३.२.१ प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्वीच सुरुवात गरेको दोस्रो वर्षमै पीसीआई-डीएसएस भी३.२.१ बाट ४.० भर्सनमा स्तररोन्नति भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए।


प्रकाशित : सोमबार, भदौ १७ २०८११८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend