मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैँतिहार अफर

images
सोमबार, भदौ १७ २०८१
images
images
यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैँतिहार अफर

यामाहाले अन द स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ।

images
images

काठमाडौं- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले यसपालिको दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ।

images
images
images

'बिगेस्ट १०शैँ' नामक यस योजनाअन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रूपैयाँसम्मको हात खाली नजाने स्योरसट क्यासब्याक उपहार प्राप्त गर्नेछन्।

images
images

'बडादशैँलाई नामजस्तै भव्य र ठूलो बनाउने सोचअनुसार नै हामीले यो अफर ल्याएका हौँ। यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैँ अहिलेसम्मकै ठूलो र भव्य महसुस गर्ने हाम्रो विश्वास छ', यामाहा नेपालका सीईओ सञ्जीव शुक्लाले भने।

images
images
images

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरिएको कम्पनीले जनाएको छ। यामाहाले अन द स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ।

एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैँ साँच्चै नै बिगेस्ट दशैँ हुने कम्पनीको अपेक्षा तथा विश्वास छ।

नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी रहेको र यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ १७ २०८११७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend