सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

आठ महिनामा साढे १६ प्रतिशतले बढे विदेशी पर्यटक

images
सोमबार, भदौ १७ २०८१
images
images
आठ महिनामा साढे १६ प्रतिशतले बढे विदेशी पर्यटक
images
images

काठमाडौं- सन् २०२४ को आठ महिनामा विदेशी पर्यटक आगमन १६ दशमलव ५१ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको अगष्टसम्म ७ लाख २० हजार ३ सय ३४ विदेशी पर्यटक नेपाल आएका छन्।

images
images
images

जब कि गतवर्ष सन् २०२३ को सोही अवधिमा ६ लाख १ हजार ३ सय ६० पर्यटक नेपाल आएका थिए। यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एकसय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए।

images

साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन्। अगष्टमा भने ७२ हजार ७ स १९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

images
images
images

अगष्टमा सबैभन्दा बढी भारतबाट २५ हजार ८ सय ३२, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट ५ हजार ६ सय १४, श्रीलंकाबाट ४ हजार ८ सय ५१, बेलायतबाट २ हजार ७ सय ६४ र बंगलादेशबाट तीन हजार ७७ विदेशी पर्यटक नेपाल आएका छन्।

पर्यटक आगमनको संख्या.png


प्रकाशित : सोमबार, भदौ १७ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend