शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, भदौ १७ २०८१
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार घटेको सुनको मूल्य सोमबार पनि ओरालो लाग्दै प्रतितोला एक हजार ५२ हजार रूपैयाँ कायम भएको छ।

काठमाडौं- आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ।

आइतबार तोलामा ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार पनि ओरालो लाग्दै प्रतितोला एक लाख ५२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन यो साता आइतबार प्रतितोला एक लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि यो साता लगातार ओरालो लागेको छ।

आइतबार प्रतितोला २५ रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला २० रूपैयाँले घटेको हो।

सोमबार चाँदी प्रतितोला एक हजार ७ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, भदौ १७ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend