मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

images
आइतबार, पुस २५ २०७८
images
images
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

सीसीएमसीले विद्यालय बन्द गराउने सूचना निकाल्नका लागि शिक्षा मन्त्रालयमा निर्देशन दिइसकेको जनाएको छ। 

images
images

काठमाडौं- कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको 'कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र' (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

images
images

सीसीएमसीले विद्यालय बन्द गराउने सूचना निकाल्नका लागि शिक्षा मन्त्रालयमा निर्देशन दिइसकेको सीसीएमसीका सचिव रामप्रसाद थपलियाले जानकारी दिएका छन्। 

images
images

१० कक्षासम्मको विद्यालय बन्द गर्नेगरि निर्णय गरिएको र खोप लगाउन नभ्याइसकेको अवस्था भएकाले कुन-कुन जिल्लामा बन्द गर्ने भन्ने नतोकिएको सीसीएमसीकी सुनिता नेपालले जानकारी दिइन्। 'अहिले यही यही जिल्लामा भनेर तोकिएको छैन त्यसैले यसलाई देशभरका लागि भनेर मान्नुपर्‍यो, यसलाई हिउँदे बिदाकै रूपमा अगाडि बढाउने गरि अनुरोध गरेका छौँ' उनले भनिन्। 

images
images
images

गएको २४ घण्टामा ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै यस्तो निर्णय आएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा ११६७ जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन्।

खोप लगाएको प्रमाण नदेखाइ सरकारी कार्यालय छिर्न नपाइने


प्रकाशित : आइतबार, पुस २५ २०७८१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend