मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

खोप लगाएको प्रमाण नदेखाइ सरकारी कार्यालय छिर्न नपाइने

images
आइतबार, पुस २५ २०७८
images
images
खोप लगाएको प्रमाण नदेखाइ सरकारी कार्यालय छिर्न नपाइने

२५ जनाभन्दा बढी भेला हुन नपाउने नियमसमेत ल्याइएको छ। 

images
images

काठमाडौं- कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको 'कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र' (सीसीएमसी)ले माघ ३ गतेदेखि सरकारी कार्यालयमा प्रवेशका लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरे‍को छ। 

images
images

सरकारी कार्यालयसँगै फिल्म हल, रंगशाला, पार्क, होटल रेष्टुरेन्टमा प्रवेशका लागि पनि खोप कार्ड अनिवार्य गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छिन्। 

images
images

यसका साथै २५ जनाभन्दा बढी भेला हुन नपाउने नियमसमेत ल्याइएको छ। 

images
images
images

कोभिड संक्रमण बढिरहँदा सरकारले स्मार्ट लकडाउन सुरु गरेको हो। 

गएको २४ घण्टामा ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै यस्तो निर्णय आएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा ११६७ जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन्।


प्रकाशित : आइतबार, पुस २५ २०७८१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend