शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिट्रोनका कारमा विशेष अफर योजना, ४ वर्षसम्म पेट्रोल निःशुल्कदेखि अन्य सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १४ २०८१
सिट्रोनका कारमा विशेष अफर योजना, ४ वर्षसम्म पेट्रोल निःशुल्कदेखि अन्य सुविधा

कम्पनीले सार्वजनिक गरेको स्किम अनुसार २० प्रतिशत डाउन पेमेन्टमा सी थ्रीको पेट्रोल भर्सन खरिद गर्न सकिने छ।

काठमाडौं- सिट्रोनको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले आफ्नो पेट्रोल मोडल सी थ्रीमा नाडा अटो शो अफर सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको स्किम अनुसार २० प्रतिशत डाउन पेमेन्टमा सी थ्रीको पेट्रोल भर्सन खरिद गर्न सकिने छ। 

सिट्रोन सी थ्री फिल वीथ भाइब प्याकको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ। यो कार ७ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

थोरै डाउन पेमेन्टसँगै उपभोक्ताले ४ वर्षसम्म प्रयोग गर्ने पेट्रोल पनि कम्पनीले दिने उल्लेख गरिएको छ। यसका साथै ४ वर्षसम्म निःशुल्क मेन्टिनेन्स, आकर्षक नगद छुट, एक वर्षको पूर्णबीमा सुविधा र एक वर्षको सवारी साधन कर पनि कम्पनीले बेहोर्ने छ। यो योजना नाडा अवधिभरका लागि लागु हुनेछ। 

सिट्रोन सीथ्रीमा १।२ लिटर क्षमताको पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल गियरबक्स पाउन सकिन्छ ।


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend