आइतबार, भदौ २३ गते २०८१    
images
images

मापदण्ड पालना गरी पर्यटकीय गतिविधिलाई निरन्तरता दिन व्यवसायीको माग

images
आइतबार, पुस २५ २०७८
images
images
मापदण्ड पालना गरी पर्यटकीय गतिविधिलाई निरन्तरता  दिन व्यवसायीको माग
images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ। साथै बोर्डले यो बीचमा गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थतीमा  कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ।

images
images
images

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन्।

कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय सरकारसँग आग्रह समेत गरेका छन्। उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकाररुी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताएका छन्।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराएका थिए। उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सनर्दभमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए।

images

सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए। यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताए।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रर्वद्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्यको अवस्था,निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाभार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धनका बारेमा आफ्नो प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा पर्यटनसंग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा),प्यासिफिक एसिया ट्रावल एशोसिएसन (पाटा) एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधी सहभागी रहेको थियो।


प्रकाशित : आइतबार, पुस २५ २०७८११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend