शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनआईसी एसिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, सबै जानकारी एकै ठाउँबाट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १४ २०८१
एनआईसी एसिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, सबै जानकारी एकै ठाउँबाट

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्नेसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूबारे जानकारी प्राप्त हुनेछ।

जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्रीसम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल अक्सन एसिस्टेन्ट डट एनआईसी एसिया बैंक भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा अब नियमित रुपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टल अक्सन एसिस्टेन्ट डट एनआईसी एसिया बैंक बाटै विस्तृत विवरणहरू लिन सक्ने बैंकले जनाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११३:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend