मंगलबार, असोज ८ गते २०८१    
images
images

इटहरीको विद्युतीय बस खरिदमा भएको अनियमितताबारे सांसदले उठाए प्रश्न

images
शुक्रबार, भदौ १४ २०८१
images
images
इटहरीको विद्युतीय बस खरिदमा भएको अनियमितताबारे सांसदले उठाए प्रश्न

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले उपमहानगरपालिकामा टेन्डर आह्वानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको बताए।

images
images

इटहरी- इटहरी उपमहानगरपालिकाले खरिद गरेको विद्युतीय बसमा भ्रष्टाचार भएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठेको छ। रास्वपा सांसद अशोक चौधरीले यसअघि बिजनेस न्युजमा प्रकाशित समाचारको आधारमा संसदमा प्रश्न उठाएका हुन्। 

images
images
images

इटहरी उपमहानगरपालिकाले खरिद गरेको ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला भएको समाचार बिजनेस न्युजले प्रकाशित गरेपछि चौधरीले संसदमा विषय प्रवेश गराएका हुन्। बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले उपमहानगरपालिकामा टेन्डर आह्वानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको बताए।

नेपाल सरकारको ध्यानाकर्षण गराउँदै उनले उपमहानगरले भ्याटसहित ६ करोड ३६ लाख ८६ हजार ८ सयमा खरिद भएका चारवटा ठुला विद्युतीय बसमा १ करोड ४० लाख रुपैयाँ घोटाला भएको जानकारी गराए। समाचारमा उल्लेख गरेझैँ आपूर्तीकर्तासँग सुरुदेखि नै सेटिङ गरेर तेस्रो कम्पनी खडा गरेर भ्रष्टाचार गरिएको चौधरीको भनाइ थियो।

सोही विषयमा थप जोड्दै उनले नगर अस्पतालको लागि चाहिने सिटी स्क्यान मेसिन खरिद गर्नका लागि एकमात्र कम्पनीलाई सुनियोजित रूपमा ठेक्का पार्ने गरी टेन्डर आह्वान भएको बताए। ५ करोड पर्ने मेसिन ८ करोडमा खरिद गर्ने तयारी रहेको र जनदबाबपछि टेन्डर रद्द गरिएको उनको दाबी छ।

images

इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बस खरिदको लागि २०८० कात्तिक २३ गते टेन्डर आह्वान गरेको थियो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेन्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो।

नेपालको अटोमोबाइल्स व्यवसायमा सो कम्पनीको यसअघि कतै सहभागिता नरहेको र स्पेसिफिकेसन बनाउँदादेखि नै उपमहानगरपालिकासँग सेटिङ रहेको भन्दै आलोचना भएको छ।

उपमहानगरले किनेको चारवटा विद्युतीय बसको आधिकारिक आयातकर्ता भने स्पार्क अटोमोटिभ्स प्रालि रहेको भन्सारमा पेस गरेको कागजातमा उल्लेख छ। स्पार्क अटोमोटिभ्सले आफै विद्युतीय बसको टेन्डरमा सहभागी नभएर तेस्रो कम्पनी खडा गरेको देखिन्छ।

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend