मंगलबार, असोज ८ गते २०८१    
images
images

नथिङ बन्यो विश्वकै फास्टेस्ट ग्रोइङ स्मार्टफोन ब्रान्ड

images
बिहीबार , भदौ १३ २०८१
images
images
नथिङ बन्यो विश्वकै फास्टेस्ट ग्रोइङ स्मार्टफोन ब्रान्ड

भारतीय बजारमा नथिङ फोन टु ए एकैदिनमा एक लाख युनिट बिक्री गरेर रेकर्ड कायम गर्न सफल भएको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र पर्फमेन्स सेन्ट्रिक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ।

images
images
images

सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिकसम्म आइपुग्दा ६९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।

यो अप्रत्यासित वृद्धिदर हासिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु एको मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

नथिङका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वानलाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए। आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए। यो विश्व बजारको तत्कालीन फ्ल्यागसिप किलर बन्न सफल भयो। जसको दोस्रो संस्करण फोन टुप्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो।

images

बजारको प्रतिक्रियाले उत्साहित भएको नथिङले उही डिजाइन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ फोन टु ए विश्व बजारमा उतारेपछि ठूला स्मार्टफोन उत्पादकलाई नथिङ ठूलो चुनौती बन्ने देखिएको कम्पनीको दाबी छ।

भारतजस्तो मूल्यमा ज्यादै संवेदनशील बजारमा नथिङ फोन टु ए एकैदिनमा एक लाख युनिट बिक्री गरेर रेकर्ड कायम गर्न सफल भएको कम्पनीले जनाएको छ।

यता नेपाली बजारमा चौधरी समूहअन्तर्गतको सीजी मोबाइलले नथिङ नेपाली बजारमा दुई महिनाअगाडि आधिकारिक रुपमा लन्च गरेको थियो। चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रत्यक्ष संलग्नतामा यो नेपाली बजारमा भित्रिएको हो।

'अन्तर्राष्ट्रिय बजारमा नथिङले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ, त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भइसकेका छौँ', सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले भने, 'नथिङ एकातर्फ प्रिमियम ब्रान्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामुखी छ। जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ। वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङका स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन्।'

कम्पनीका अनुसार नथिङले स्मार्टफोनमा मात्र नभएर बडमा समेत ७६९ प्रतिशतको वृद्धि हासिल गरेको छ।

टाढैबाट डिजाइनमा अलग देखिने नथिङले आफ्नो दोस्रो ब्रान्ड सीएमएफ सन् २०२३ मा लन्च गरको थियो।

प्रतिस्पर्धी बजारमा बढी उपभोक्तामाझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बडस् तथा स्मार्ट वाचसमेत सीएमएफले उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend