शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा मोटर्सले ल्यायो दशैँलक्षित विशेष अफर

बिहीबार , भदौ १३ २०८१
टाटा मोटर्सले ल्यायो दशैँलक्षित विशेष अफर

जसअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सकिन्छ।

काठमाडौं- नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना ग्राहकका लागि यो वर्षको दशैँलक्षित विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ।

जसअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट एवं टुर प्याकेजमध्ये एक रोजेर लिन सकिन्छ।

होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेभ छन् भने ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई, युरोप रहेका छन्।

बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा एयरबड प्राप्त गर्न गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिकजस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।

सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाइराख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालले बताए।

हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धी  सकारात्मक प्रक्रिया आएको उनले बताए।

उनका अनुसार यो योजना असोज १४ गते सम्म लागु हुनेछ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend