मंगलबार, असोज ८ गते २०८१    
images
images

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

images
बिहीबार , भदौ १३ २०८१
images
images
जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ।

images
images

म्याग्दी- जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ।

images
images
images

गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो।

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए। पाँच उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए।

'मौसममा सुधार आएको छ। पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा-जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,' उनले भने, 'निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ।'

images

बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ।

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ। रासस 


प्रकाशित : बिहीबार , भदौ १३ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend