शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पारामाउन्ट मोटर्सले ल्यायो विशेष योजना, अब विलिङ विङगो ईभी २९ लाख ९९ हजारमै

बिहीबार , भदौ १३ २०८१
पारामाउन्ट मोटर्सले ल्यायो विशेष योजना, अब विलिङ विङगो ईभी २९ लाख ९९ हजारमै

कम्पनीले विशेष अफरका अवसरमा विङगो ईभी २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ।

काठमाडौं- नेपालका लागि विलिङ मोटर्सको अधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विङगो ईभी विशेष अफर ल्याएको छ। प्रिमियम विद्युतीय ह्याचब्याक कार विङगो ईभीमा सीमित समयका लागि विशेष अफर ल्याएको हो। 

कम्पनीले नजिकिँदै गरेको दशैँ पर्वको अवसरमा विङगो ईभी २९ लाख ९९ हजार रूपैयाँमै उपलब्ध गराउने भएको छ। विङगो ईभीमा यो विशेष मूल्य ग्राहकले सीमित अवधिका लागिमात्र पाउने छन्।  

साइजमा सानो तर प्रशस्त सपेस भएको विङगो ईभीको लम्बाई ३९ सय ५० एमए, चौडाई १७ सय ८ र उचाई १५ सय ८० एमएम रहको छ। जसले यात्री र सामानको लागि प्रशस्त स्पेस उपलब्ध गराउँछ। मजबुत चेसिस र १५ इन्च स्टिलका चक्कासँग १८५/६० आर१५ टायरले यसलाई कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्दछ।

साथै अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ। यो प्रिमियम ह्याचब्याक उच्च प्रदर्शन लिथियम फोस्फेट ब्याट्री छ। जसले एकपटक चार्जमा ३ सय ३३ किमिसम्मको रेन्ज दिन्छ।  

यो कारमा ५० किलोवाट पिक पारको मोटर छ जसले १ सय २० किमि/घण्टासम्मको अधिकतम गति प्रदान गर्दछ। विङगोलाई डीसी चार्जिङमा लगभग ३५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ। 

सुरक्षाको मामिलामा सम्झौता नगरी विङगो ईभीमा डुअल फ्रन्ट एयरब्याग, एबीएस र ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै: पार्किङ, रियर क्यामेरा, टायर प्रेसर मानिटरिङ सिस्टमलाई प्राथमिकता दिएको छ। 

पारामाउन्ट मोटर्स नेपालमा विलिङ, एमजी मोटर्स, माज्दा र म्याक्ससको अधिकृत वितरक र आयातकर्ता हो। जो विशिष्ट मोटर समाधान र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न समर्पित छ। नवप्रवर्तन र उत्कृष्टताप्रति प्रतिबद्धता साथ पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उच्च गुणस्तरका गाडी र सेवाहरू उपलब्ध गराउँछ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend