शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ५३ हजार दुईसय पुग्यो

बिहीबार , भदौ १३ २०८१
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ५३ हजार दुईसय पुग्यो

बुधबारको तुलनामा प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदै सुन बिहीबार पनि कीर्तिमानी मूल्यमा पुगेको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार दुईसय रूपैयाँ पुगेको छ।

यो मूल्य हालसम्मकै उच्च हो। बुधबारको तुलनामा प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदै सुन कीर्तिमानी मूल्यमा पुगेको हो।

बुधबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। बुधबार सुन तोलामा ८ सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च प्रतितोला एक लाख ५२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो। 

यो साता आइतबार प्रतितोला एक हजार रूपैयाँले बढेर सोमबार प्रतितोला एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार र बिहीबार भने सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

बुधबार प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ८ सय ३० रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार तोलामा ३५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार १० रूपैयाँले घटेको थियो।

मंगलबार भने तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको थियो। 


प्रकाशित : बिहीबार , भदौ १३ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend