बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड प्रयोगकर्तालाई र्‍याडिसन होटलमा विशेष छुट

बुधबार, भदौ १२ २०८१
कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड प्रयोगकर्तालाई र्‍याडिसन होटलमा विशेष छुट

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ।

सम्झौता अनुसार कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेससम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियत दरमा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १२ २०८११८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend