बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनआईसी एसियाले यती एयरसँगको सहकार्यमा ल्यायो 'एनआईसी एसिया स्काइ क्लब कार्ड', यस्ता छन् सेवासुविधा

बुधबार, भदौ १२ २०८१
एनआईसी एसियाले यती एयरसँगको सहकार्यमा ल्यायो 'एनआईसी एसिया स्काइ क्लब कार्ड', यस्ता छन् सेवासुविधा

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ।

काठमाडौं- एनआईसी एसिया बैंकले 'एनआईसी एसिया स्काइ क्लब कार्ड' सार्वजनिक गरेको छ।

यती एयरलाइन्ससँगको सहकार्यमा भिजा को-ब्रान्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्।

यस कार्डको प्रयोग गरेर यती एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्सबीच समझदारी भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिए।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई-कमर्स भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

साथै प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्ने बैंकले जानकारी दिएको छ।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ।

यस्तै उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्।

यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरूलाई टिकट खरिदमा अधिकतम छुटका साथै विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भइ अत्याधिक फाइदाहरू उपभोग गर्नसक्ने बैंकको विश्वास छ।


प्रकाशित : बुधबार, भदौ १२ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend