आइतबार, भदौ २३ गते २०८१    
images
images

कोभिड महामारीकै बीच १४ लाख ४३ हजारले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा, पहिलो नम्बरमा कतार एयरवेज

images
आइतबार, पुस २५ २०७८
images
images
कोभिड महामारीकै बीच १४ लाख ४३ हजारले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा, पहिलो नम्बरमा कतार एयरवेज

कोभिड महामारीकै बीच सन् २०२१ मा १४ लाख ४३ हजार भन्दा बढीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

images
images

काठमाडौं- कोभिड महामारीकै बीच सन् २०२१ मा १४ लाख ४३ हजारभन्दा बढी यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२१ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १४ लाख ४३ हजार ७ स्य ४९ यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन्।

हवाई यात्रा गर्ने यात्रु मध्ये ७ लाख ४५ हजार ९ सय ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न देशका पुगको छन्। यसैगरी विश्वका विभिन्न देशबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या भने ६ लाख ९५ हजार १ सय १० जना रहेको छ।

सन् २०२१ मा २९ वटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान गरेका छन्।  एक वर्षकै अवधिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत ११ हजार ७ सय ६० वटा उडान तथा अवतरण भएको छ।

images

पहिलो नम्बरमा कतार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रु मध्ये सबैभन्दा बढी कतार एयर मार्फत छन्। १४ लाख ४३ हजार ७ सय ४९ अन्तर्राष्ट्रिय हवाई यात्रु मध्ये कतार एयरवेजले मात्रै ३ लाख ३ हजार ५ सय ५६ जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ।

कतार एयरवेज मार्फत १ लाख ६६ हजार २ सय ७९ यात्रु नेपालबाट विभिन्न देशमा पुगको छन्। यसैगरी कतार एयरवेज मार्फत १ लाख ३७ हजार २ सय ४४ जना यात्रु विश्वका विभिन्न देशबाट नेपाल आएका हुन्। 

यसैगरी दोस्रो बढी यात्रु बोक्नेमा भने नेपाल एयरलाइन्स रहेको छ। नेपाल एयरलाइन्सले सन् २०२१ मा कुल २ लाख ८४ हजार ९ सय ६१ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। यही अवधिमा नेपाल एयरलाइन्स मार्फत १ लाख २९ हजार ५ सय ८३ जना यात्रु विश्वका विभिन्न देशमा पुगको छन् भने १ लााख ५५ हजार ३ सय ७१ जना नेपाल भित्रिएका छन्।

हिमालय एयरलाइन्स वर्ष दिनभरीमा नेपाल एयरलाइन्स भन्दा पछाडि परे पनि सन् २०२१ को डिसेम्बर भने हिमालय एयरलाइन्सले नेपाल एयरलाइन्सलाई पछाडि पारिसकेको छ। हिमालयले डिसेम्बरमा ३५ हजार यात्रुलाई अन्तर्राष्ट्रिय सेवा दिँदा नेपाल एयरलाइन्सले ३० हजार जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरेको थियो।

यसैगरी तेस्रो बढी यात्रु बोक्नेमा हिमालय एयरलाइन्स रहेको छ। हिमालय एयरलाइन्सले सन् २०२१ मा कुल २ लाख ५५ हजार ६ सय ७८ जना यात्रुलाई हवाई सेवा दिएको छ। जसमा हिमालय एयरलाइन्स मार्फत नेपाल छोड्नेको संख्या १ लाख २४ हजार ८ सय २४ र नेपाल भित्रिनेको संख्या १ लाख २८ हजार १ सय ८१ रहेको छ। 

सन् २०२१ मा एयर अरेबियाले  ९९ हजार ७ सय ९५, एयर इन्डियाले ६९ हजार ९ सय ६६,  फ्लाई दुबईले १ लाख ५० हजार २ सय ९१, जजिरा एयरवेजले ६८ हजार ६ सय ९२ र टर्किस एयरलाइन्सले ६० हजार २ सय १५ जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएका छन्।

बढी उडान गर्नेमा हिमालय एयरलाइन्स

सन् २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान तर्फ सबैभन्दा बढी उडान तथा अवतरण गर्ने एयरलाइन्स कम्पनीमा पहिलो कम्पनी हिमालय एयरलाइन्स भएको छ।

हिमालयले सन् २०२१ मा कुल २ हजार ६ सय ४४ वटा उडान तथा अवतरण गराएको छ। यसैगरी दोस्रो बढीमा नेपाल एयरलाइन्स रहेको छ। नेपाल एयरलाइन्सले १ हजार ९ सय ४९ वटा उडान तथा अवतरण गराएको छ।

यसैगरी कतारले १ हजार ५ सय ८४, फ्लाई दुबईले १ हजार १ सय ५२, एयर अरेबियाले ८ सय ६२ र  जजिरा एयरलाइन्सले ६ सय ४० वटा उडान तथा अवतरण गराएको छ।

कार्गोमा पनि कतार नै अगाडि

सन् २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्ने एयरलाइन्सले कार्गो मार्फत २९ हजार १ सय ९४ टन सामान बोकेका छन्।

जसमा सबैभन्दा बढी सामान कतार एयरवेजले बोकेको छ। कतार एयरवेजले ७ हजार ३ सय ११ टन सामान बोकेको छ। यसैगरी दोस्रो बढी सामान बोक्नेमा हिमालय एयरलाइन्स छ। हिमालयले ५ हजार ४ सय ४५ टन सामान ओसारपोसार गरेको छ।

यसैगरी नेपाल एयरलाइन्सले ४ हजार ६ सय २९टन  सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ओसारपोसार गरेको छ।


प्रकाशित : आइतबार, पुस २५ २०७८०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend