बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

हकप्रद आउने चर्चासँगै लिवर्टीसहित तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

बुधबार, भदौ १२ २०८१
हकप्रद आउने चर्चासँगै लिवर्टीसहित तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

लिवर्टीको खासगरी १:०५ का दरले हकप्रद सेयर जारी हुने अन्तिम चरणमा रहेकोले पछिल्लो समय सेयर मूल्य लगातार बढ्दै आएको छ।

काठमाडौं- बुधबार सेयर बजार ३.८० अंकले बढे तापनि तीनवटा हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने  १० प्रतिशतले बढेको छ। जसमा सबैभन्दा धेरै लिवर्टी इनर्जी कम्पनीको सेयर मूूल्य प्रतिकित्ता २८ रुपैयाँले बढेको छ।

लिवर्टीको खासगरी १:०५ का दरले हकप्रद सेयर जारी हुने अन्तिम चरणमा रहेकोले पछिल्लो समय सेयर मूल्य लगातार बढ्दै आएको छ। 

hydro.JPG

बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँले बढेर ३११.३० रूपैयाँमा अन्तिम काराबोर भएको छ। ३ लाख १७ हजार कित्ता सेयर कारोबार भएको छ।

यता हिमालयन हाइड्रोपावर लिमिटेडको पनि १० प्रतिशतले सेयर मूल्य बढेको छ।

कम्पनीको प्रतिकित्ता ४२ रुपैयाँ बढेर ४६२ रूपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै मिड सोलु हाइड्रो पावर ९०.५० रूपैयाँले बढेर ९९५.६० रूपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रकाशित : बुधबार, भदौ १२ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend