बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

उच्च अंकको गिरावटपछि सम्हालियो सेयर बजार

बुधबार, भदौ १२ २०८१
उच्च अंकको गिरावटपछि सम्हालियो सेयर बजार

बुधबार सेयर बजार ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा पुग्दा १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- यो साता लगातार उच्च अंकले घटेको सेयर बजार बुधबार सम्हालिएको छ।

बुधबार सेयर बजार ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा पुग्दा १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार भएको छ।

बुधबार हाइड्रो, बैंक समूह भने उच्च अंकले बढेको छ। सोही कारण पनि बुधबार बजार सम्हालिएको हो। 

मंगलबार १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आइपुगेको थियो। २ सय २३ कम्पनीको सेयर मूल्य घटेको बजारमा करिब १८ अर्ब ६५ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार नेप्सेमा उच्च अंकको गिरावटसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि घटेको थियो।

यो साताको पहिलो दिन आइतबार नेप्से ७९.८८ अंकले घटेको थियो।


प्रकाशित : बुधबार, भदौ १२ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend