शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला ८ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

बुधबार, भदौ १२ २०८१
प्रतितोला ८ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय रूपैयाँले बढ्दै कीर्तिमानी मूल्यमा पुगेको छ।

काठमाडौं- यो साता उतारचढावबीच सुनको मूल्य पुन: उकालो लागेको छ। आइतबार प्रतितोला एक हजार रूपैयाँले बढेर सोमबार प्रतितोला एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो।

बुधबार पुन: प्रतितोला ८ सय रूपैयाँले उकालो लाग्दै सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार एकसय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि भदौ ५ मा सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार मंगलबार तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ५० रूपैयाँ कायम भएको चाँदी बुधबार प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार तोलामा ३५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार १० रूपैयाँले घटेको थियो।


प्रकाशित : बुधबार, भदौ १२ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend