शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नाडामा दिपलको बिग ब्याङ अफर : एस०७ अब प्रि-बजेट मूल्य (७१.९९ लाख) वा ६.९९ प्रतिशत ब्याजदरमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ११ २०८१
नाडामा दिपलको बिग ब्याङ अफर : एस०७ अब प्रि-बजेट मूल्य (७१.९९ लाख) वा ६.९९ प्रतिशत ब्याजदरमा

बिग ब्याङ अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य या नि ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन्।

काठमाडौं- नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितकर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले आफ्नो सफल दिपल एस०७ विद्युतीय एसयूभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ विद्युतीय सेडानको लागि नाडा अटो शो केन्द्रित ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ। 

बिग ब्याङ अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य या नि ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन्। यो अभुतपूर्व अवसारमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन्। 

यसका साथै चांगानले नाडा अटो सोमा सार्वजनिक गरेको दिपल एल०७ विद्युतीय सेडानलाई ७ वर्षको लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्नेछन्। यो अफमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी विशेषताले भरिएको दिपल ईभीहरुको अनुभव लिन पाउनेछन्।

Deepal NADA Scheme (1).jpg

नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको छ। यसमा १५ भन्दा बढी विशेषताहरु छन् जुन नेपालमै पहिलो पटक कुनै पनि कारमा प्रयोग भएका छन्।

यी विशेषताहरुमा वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको छ। 

त्यसैगरी भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रुपमा बेजोड छ। ६६.८ किलोवाट आवर ब्याट्री भएको यो ईभीले सिंगल चार्जमा ५ सय ४० किलोमिटरको रेन्ज दिन्छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११८:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend