बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

श्री स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

मंगलबार, भदौ ११ २०८१
श्री स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

कम्पनीले २२ करोड ५० लाख बराबारको २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

काठमाडौ‌- श्री स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले २२ करोड ५० लाख बराबारको २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो। जसको प्रतिसेयर मूल्य १०० रुपैयाँ कायम गरिएको छ।

सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। २०८१ भदौ ९ गते गरिएको उक्त सम्झौतामा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्यसहित स्थापना भएको यस कम्पनीले २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend