बुधबार, असोज ९ गते २०८१    
images
images

नाडा अटो शोमा केइको तीनवटा मोडल सार्वजनिक

images
मंगलबार, भदौ ११ २०८१
images
images
नाडा अटो शोमा केइको तीनवटा मोडल सार्वजनिक
images
images

काठमाडौं- नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोको पहिलो दिन केइको तीनवटा मोडल सार्वजनिक गर्दै बुकिङ खुला भएको छ।

images
images
images

अर्थमन्त्री विष्णु पौडेलले गाडीको सार्वजनिक गरेका थिए। कम्पनीले ई-क्युट ०२, ई-क्युट ०४ र इलेक्ट्रीक एसयूभ एक्स थ्री प्रो ईभी  सार्वजनिक गरेको हो।

ई-क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० किमी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किमी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ।  

ई-क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ।

images

त्यसैगरी  ३०० कि.मी  रेन्ज को  ई-क्युट ०४ कोमूल्य २४ लाख ९६ हजार छ। यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसैगरी तेस्रो मोडल एक्स थ्री प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ। डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ।

यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क २८० एनएम छ। 


प्रकाशित : मंगलबार, भदौ ११ २०८११८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend