शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ११ २०८१
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं- नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ।

भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो।

यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत  र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक अफर ल्याएको छ। 
ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई-१९ मा छुट्टै सेवा केन्द्र राखेको छ। शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइने जनाएको छर यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि समेत प्रस्तुत गरेको छ।

चाडपर्वको माहौललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ। बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend