बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजार १११ अंकले घट्यो, १८ अर्ब ६५ करोड रूपैयाँको कारोबार

मंगलबार, भदौ ११ २०८१
सेयर बजार १११ अंकले घट्यो, १८ अर्ब ६५ करोड रूपैयाँको कारोबार

२ सय २३ कम्पनीको सेयर मूल्य घटेको बजारमा करिब १८ अर्ब ६५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- सेयर बजार मंगलबार १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आइपुगेको छ।

२ सय २३ कम्पनीको सेयर मूल्य घटेको बजारमा करिब १८ अर्ब ६५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार नेप्सेमा उच्च अंकको गिरावटसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि घटेको छ। कुल २ सय ४५ कम्पनीको कारोबार भएकोमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको स्थिर रहेको छ।

तारागाउँ रेजेन्सी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोटी पावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट ब्रेक लागेको छ।

यो साताको पहिलो दिन आइतबार नेप्से ७९.८८ अंकले घटेको थियो।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend