शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

हेलमेट नेपाल कम्पनीमा एमएडब्लू समूहको प्रवेश

एमएडब्लूद्वारा बहुमत सेयर खरिद

images
मंगलबार, भदौ ११ २०८१
images
images
हेलमेट नेपाल कम्पनीमा एमएडब्लू समूहको प्रवेश

यसअघि पनि एमएडब्लू समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फियाटको बिक्रेता लाइफ अटोमोबाइल र आइसर बिक्रेता इन्टर्न एजेन्सी प्रालिको बहुमत सेयर खरिद गरेका थिए।

images
images

काठमाडौं- हेलमेट नेपाल कम्पनीको हिस्सा एमएडब्लू समूहले खरिद गरेको छ। एमएडब्लू समूहले मोटरसाइकल तथा स्कुटर चलाउनेले लगाउने हेलमेट बिक्री गर्ने कम्पनीको सेयर खरिद गरेको हो।

images
images
images

हेलमेट नेपालले हाल विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर हेलमेट आयात गरेर बिक्री गर्दै आएको छ। हेलमेट नेपाल अनलाइन तथा अफलाइन दुवै व्यापारमा संलग्न रहेको छ। अनलाइनमार्फत हेलमेट बिक्रीलाई प्राथमिकता दिएको हेलमेट नेपालको माइतीघर र नक्सालमा शोरुमसमेत रहेको छ।

नेपालमा मोटरसाइकलको व्यापार राम्रो भएको र सुरक्षाका दृष्टिकोणले दुईपांग्रे सवारीसाधन चलाउनेले अनिवार्यरुपमा हेलमेट लगाउनुपर्ने नियम छ। सुरक्षाका लागि मोटरसाइकल तथा स्कुटर चलाउनेले लगाउनै पर्छ। त्यसैले हेलमेटको व्यापार पनि राम्रो हुने गरेको छ। 

images

मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले खरिदकर्तालाई हेलमेट दिँदैनन्। केही कम्पनीले दिए पनि त्यो निकै कमसल खालको हुन्छ। सोही कारण हरेक मोटरसाइकल तथा स्कुटर खरिदकर्ताले आफ्नो बजेट र सोखअनुसार हेलमेट खरिद गर्दै आएका छन्।

images

नेपाली बजारमा १५ सय रूपैयाँदेखि १ लाख रूपैयाँ र त्योभन्दा पनि महँगो मूल्यका हेलमेट उपलब्ध रहेका छन्। हाइइन्ड मोटरसाइकल खरिद गर्नेहरु भने हेलमेटलगायत अन्य राइडिङ गेयर खरिदमा निकै सौखिन हुन्छन्। यसले पनि महँगा र गुणस्तरीय हेलमेटको माग र बिक्री गढ्दै गइरहेको छ। 

राम्रो व्यापार देखिएकाले पनि हेलमेट नेपाल कम्पनीमा एमएडब्लू समूह प्रवेश गरेको हो। नेपालमा वार्षिक कति मूल्यको हेलमेट व्यापार हुन्छ भन्ने यकिन नभए पनि करोडौँको खरिद बिक्री हुने गरेको छ। 

एमएडब्लू समूहले हेलमेट नेपालको बहुमत सेयर खरिद गरेको स्रोतको भनाइ छ। ‘हेलमेट नेपाल र एमएडब्लू समूहबीच सबै कुरा मिलिसकेको छ,’ स्रोतले भन्यो, ‘अब कागजी प्रक्रिया सकेर बाहिर आउला। कुरा टुंगिएर नै नक्सालमा रहेको यामाहा म्युजिकसँगै हेलमेट नेपालको शोरुम बनाउन थालिसकिएको छ।’ 

यसअघि पनि एमएडब्लू समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फियाटको बिक्रेता लाइफ अटोमोबाइल र आइसर बिक्रेता इन्टर्न एजेन्सी प्रालिको बहुमत सेयर खरिद गरेका थिए। लाइम अटोमोबाइलको सेयर खरिद गरेर एमएडब्लू लाइफ अटोमोबाइल बनाएर हाल उक्त कम्पनीले जिप ब्रान्का कार बिक्री गर्दै आएको छ। जिप फियाट क्राइसलकै स्वामित्वमा रहेको छ। 

त्यस्तै बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सीले बिक्री गर्दै आएको आइसर ब्रान्ड अहिले बतास एमएडब्लू कम्पनीले बिक्री गर्न थालेको छ। बतास समूहको कम्पनीको बहुमत सेयर एमएडब्लू समूहले खरिद गरेर कमर्सियल सवारीमा विष्णु अग्रवाल प्रवेश गरेका थिए। 

हेलमेट नेपालमा पनि त्यसैगरी एमएडब्लू प्रवेश गरेको हो। हेलमेट नेपालको नाम भने अहिलेकै राखेर जान दुवै पक्ष सहमत भएका छन्। हेलमेटका व्यापार बढाउन अब एमएडब्लू समूह नै सक्रिय हुनेछ।  

सरकारले केही वर्षअघि मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्ने दुवैजनाले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने नियम ल्याएको थियो। तर विरोध भएपछि ट्राफिक प्रहरी उक्त निर्णयबाट पछि हटेको थियो। पछिल्लो पटक पुनः मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्ने दुवैले अनिवार्यरुपमा हेलमेट लगाउनुपर्ने आवाज उठिरहेको छ। हाल मोटरसाइकल तथा स्कुटर चालकले मात्र हेलमेट लगाए पुग्छ। 

मोटरसाइकलमा यात्रा गर्ने दुवैजनाले हेलमेट अनिवार्य गर्ने नियम लागु भएमा हेलमेटको व्यापार उल्लेख्य रुपमा बढ्ने छ। त्यसैले पनि व्यावसायिक घरानाको आँखा हेलमेट व्यापारमा परेको हो। 

नेपाली बजारमा फुल हेलमेट, हाफ हेलमेट, डर्ट हेलमेट, मोडुलर हेलमेट, डुअल स्पोर्ट हेलमेट तथा किड्स हेलमेटलगात विभिन्न प्रकार र ब्रान्डका हेलमेट उपलब्ध छन्। यात्रुको सुरक्षाका लागि फुल हेलमेट लगाउनु राम्रो मोनिन्छ भने डर्ट मोटरसाइकल चलाउनेहरुको रोजाइमा डर्ट हेलमेट नै पर्ने गरेको छ। 

एमएडब्लू समूह नेपाली अटोमोबाइल बजारमा हेभी इक्युपमेन्टदेखि मोटरसाइकल, कार, बस/ट्रक हुँदै लुब्रिकेन्टसम्मको व्यापारमा रहेको छ। अब यो समूह हेलमेटको व्यापारमा पनि प्रवेश गरेको छ। 

हाल एमएडब्लू समूहले यामाहाका मोटरसाइकल, जिप, स्कोडा, फियाटका कार, जेसीबीका मेसिनरी उपकरण र एपीका लुब्रिकेन्ट बिक्री गर्दै आएको छ। पछिल्लो पटक यो समूह विद्युतीय कार तथा लाइट कमर्सियल सवारीमा पनि आक्रामक रुपमा लागेको छ। अहिले दिपल, सेरेस, नामीका विद्युतीय कार बिक्री गरिरहेको छ। फोटोन तथा सोकोनको विद्युतीय भ्यान तथा माइक्रोबस पनि आयात गरेर बिक्री गर्दै आएको छ। 

एमएडब्लू समूहले सीजी मोटर्ससँगको संयुक्त उपक्रममा अर्को चिनियाँ प्रिमिय विद्युतीय कार ब्रान्ड अवतार ल्याएको छ। नाडा अटो शो २०२४ मै उक्त ब्रान्ड र अवतार ११ कार सार्वजनिक भएको छ।  


प्रकाशित : मंगलबार, भदौ ११ २०८११३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend