शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकी पर्वोत्सव योजना : ईभीमा जस्तै नयाँ स्वीफ्टमा ५ वर्षको लागि शून्य रनिङ खर्च

मंगलबार, भदौ ११ २०८१
सुजुकी पर्वोत्सव योजना : ईभीमा जस्तै नयाँ स्वीफ्टमा ५ वर्षको लागि शून्य रनिङ खर्च

यो योजनाले नयाँ स्वीफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझबिना ढुक्कको ड्राइभिङ अनुभव लिनसक्ने कम्पनीको विश्वास छ।

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकका लागि दसैँतिहारका आकर्षक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले चार लाख रूपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, एक लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरु पाउन सक्नेछन्।

कम्पनीले नाडा अटो शो २०२४ लक्षित गरी सो कार्यक्रमभरि खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप दुई लाख रूपैयाँसम्मको छुट प्रदान गर्ने जनाएको छ। यसमा केही शर्तहरु भने लागु हुनेछन्।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौ संस्करणको नयाँ एपिक स्वीफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षका लागि शून्य रनिङ खर्च हुने गरी अफर पनि ल्याएको छ। यो अद्वितीय योजनाले नयाँ स्वीफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझबिना ढुक्कको ड्राइभिङ अनुभव लिनसक्ने कम्पनीको विश्वास छ।

सुजुकीको दशैँतिहार योजनाअन्तर्गत स्वीफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नुपर्ने छैन भने ५ वर्षको लागि मर्मतसम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन। कम्पनीको मापदण्ड अनुसारको ११ वटै नियमित सर्भिसमा पनि कुनै शुल्क लाग्ने छैन्।

यस्तै यो योजनामा थप १ वर्षको बीमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि ग्राहकले निः शुल्क पाउनेछन्। साथै बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी कम्पनीले दिएको छ।

कम्पनीका अनुसार स्वीफ्ट विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो। थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुने कम्पनीको दबी छ।

'विद्युतीय र पेट्रोल  इन्जिन सवारी साधनबीचको बढ्दो बहसमा हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौँ। हाम्रा ग्राहकहरूले फाइदाजनक र झन्झटरहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्वीफ्टको अनुभव गर्न सक्नेछन्', कम्पनीले भनेको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरुमा पनि लागु हुनेछ। सुजुकीका विभिन्न मोडलहरुका कारहरुबमोजिम फरक-फरक हिसाबका छुटहरु लागु हुने कम्पनीले जनाएको छ।

नाडा अटो शोमा सुजुकीले चौथौ संस्करणको नयाँ एपिक स्वीफ्ट पनि सार्वजनिक गरेको हो। नयाँ एपिक स्वीफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।  

यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जानकारी दिएको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend