शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

मंगलबार, भदौ ११ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

यो साता आइतबार प्रतितोला एक हजार रूपैयाँले बढेर सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ। मंगलबार सुन सोमबारकै मूल्य प्रतितोला एक लाख ५२ हजार तीनसय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तोलामा ३५ रूपैयाँले बढेर सोमबार १० रूपैयाँले घटेको चाँदीको मूल्य भने मंगलबार पुन: बढेको छ।

चाँदी मंगलबार तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend