बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

images
सोमबार, भदौ १० २०८१
images
images
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले गिरावट आएको छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

images
images

आइतबार प्रतितोला एक हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार तीनसय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

आइतबार सुन प्रतितोला एक लाख ५२ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्य पनि सोमबार प्रतितोला १० रूपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला एक हजार ८ सय ४० रूपैयाँ निर्धारण गरिएको छ।


प्रकाशित : सोमबार, भदौ १० २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend