शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार, भदौ १० २०८१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले गिरावट आएको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार तीनसय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला एक लाख ५२ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला १० रूपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार प्रतितोला एक हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला एक हजार ८ सय ४० रूपैयाँ निर्धारण गरिएको छ।


प्रकाशित : सोमबार, भदौ १० २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend