बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनआईसी एसिया बैंकले पायो बेस्ट इन डिजिटल बैंकिङ अवार्ड

सोमबार, भदौ १० २०८१
एनआईसी एसिया बैंकले पायो बेस्ट इन डिजिटल बैंकिङ अवार्ड

यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो।

काठमाडौं- एनआईसी एसिया बैंकले दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डसअन्तर्गतको बेस्ट इन डिजिटल बैंकिङ अवार्ड प्राप्त गरेको छ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिकरुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैंकले जनाएको छ।

इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डसअन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसी एसिया बैंकलाई उक्त अवार्ड प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिए।

उनका अनुसार यस अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए। यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो।

यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो।


प्रकाशित : सोमबार, भदौ १० २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend