शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जीहोको एईफोर विद्युतीय स्कुटर अब नेपालमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १० २०८१
जीहोको एईफोर विद्युतीय स्कुटर अब नेपालमा

ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एईफोरले सहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ।

काठमाडौं- नवीनतम विद्युतीय स्कुटरमा अग्रणी जीहोले एईफोर विद्युतीय स्कुटर नेपालमा सार्वजनिक गरेको छ। यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य कम्पनीले राखेको छ। 

ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एईफोरले सहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ।

एईफोरको ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमी प्रतिघण्टाको गति तय गर्न सक्छ। यसको ३१ लिटरको बुट स्पेस क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ।

सुरक्षा र नविनतम प्रविधिको मेल

सुरक्षालाई प्राथमिकता दिँदै एईफोरमा रहेको एबीएस र ईटीसीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ। स्कुटरको उन्नत एनएफसी कीलेस इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधि अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै उपलब्ध छ। 

न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी

एईफोरको लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १ सय ७० किमीको विकल्पहरू उपलब्ध छन्। यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकी टाइप सी र यूएसबी चार्जिङ पोर्टहरूले चार्जिङलाई सजिलो बनाउँछ। अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ।

स्टाइलिश र स्मार्ट डिजाइन

नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रेजस्ता आधुनिक रङहरूमा उपलब्ध एईफोरले सडकमा विशेष प्रभाव पार्छ। भी सेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ। जीहो राइड एपको साथ राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ।


प्रकाशित : सोमबार, भदौ १० २०८१११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend