बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

आइतबार, भदौ ९ २०८१
कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा पाउनुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

साथै बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह नि:शुल्क रुपमा उपलब्ध हुनेछ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा पाउनुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकको प्रतिबद्धता छ।


प्रकाशित : आइतबार, भदौ ९ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend