आइतबार, पुस ७ गते २०८१    
images
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने, ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ९ २०८१
images
images
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने, ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
images
images

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।  कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले लभांश वितरणको निर्णय गरेको हो।

images
images
images

आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

images

कम्पनीले ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशतले हुनआउने रकम बारबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

images

कम्पनीले यसअघि चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाखको १७ प्रतिशतले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। तर नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति नदिएपछि रोकिएको थियो।

prabhu-mahalaxmi-1.jpg


प्रकाशित : आइतबार, भदौ ९ २०८११०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend